ज्योतिविकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल «
Logo

ज्योतिविकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल

काठमाडाैं- ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको मंसिर २० गते आइतबार बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको हुने छ । यस अघि उनी बैंकको कायम मुकायम सीइओ थिए । बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मंसिर ४ देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मंसिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्