दोहोरो अंकले बढ्यो शेयर बजार «
Logo

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं– हिजो ३ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज (बिहीबार) ११ दशमलव ७३ अंकले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्