हिरोका नयाँ दुईपांग्रे उत्पादन बजारमा «

हिरोका नयाँ दुईपांग्रे उत्पादन बजारमा

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन प्रिमियम मोटरसाइकलहरु एक्स्पल्स २००टि र दि स्पोर्टी एक्स्ट्रिम २००एसर रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटर बिक्री सुरु गरेको छ । सबै तीनवटा उत्पादनहरुको बजार मूल्य एक्स्पल्स २०० टि को ३ लाख ३२ हजार एक्स्ट्रिम २०० एसको ३ लाख २२ हजार तथा प्लेजर प्लसको १ लाख ८६ हजार कायम गरिएको छ ।
यी उत्पादनहरु देशभर रहेका नेपाल जेनरल मार्केटिङका सम्पूर्ण डिलरहरु कहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एक्स्पल्स २००टि
रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै उर्जाका साथ पेश गरिएको एक्स्पल्स २००टि एक यात्रादायी मोटरसाइकल हो, जसले रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रस्तुत गर्दछ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २००टि आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि सटिक मोटरसाइकल हुने कम्पनीको भनाइ छ ।
एक्स्पल्स २०० टि मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ । जसमा एकल च्यानल एबिएस, मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथसहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरु युक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् ।

एक्स्ट्रिम २०० एस
एक्स्ट्रिम ब्राण्डका पहिलो खण्डका विशेषताहरु बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २०० एस हो भन्दै कम्पनीले एक्स्ट्रिम २०० एस हाइवेहरुमा हावाबाट राम्रो सुरक्षण दिने र स्पोर्टी स्थितिका लागि वायुको दबाब कम गर्ने सम्पूर्ण–नयाँ एरोडायनामिकका साथ बनेको पनि जनाएको छ ।
एक्स्ट्रिम २०० एस १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसिको एयर कुल्ड इन्जिन जडित छ । मोटरसाइल सवार गर्नेलाई एक असाधारण प्रदर्शन प्रदान गर्न यो बाइक एकदम उपयुक्त सवारी एर्गोनोमिक्सका साथ पेश भएको छ । यसका अतिरिक्त यसमा ७ तहको मोनो–शक सस्पेन्सन समायोजन गरिएको छ जसमा सर्वश्रेष्ठ सवारी ह्याण्डलिङ, थप सुरक्षाको लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडिको ब्रेक प्रणाली रहेका छन् ।

प्लेजर प्लस ११०
नयाँ प्लेजर प्लस ११० मा रेट्रो डिजाइन र पर्फर्मेन्ससहितको शक्तिशाली प्रभावकारी शक्तियुक्त छ । यस स्कुटरमा जडान गरिएको नयाँ ११० सिसि इन्जिन जसले ७५०० आरपिएममा ८ बिएचपिको शक्ति प्रदान गर्ने क्षमता राख्दछ । यसका अलावा स्कुटरले ५५०० आरपिएममा ८.७एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ, जसले १०१ केजीको वजनलाई संयोजन गर्दै यात्रालाई मनोरन्जक बनाइदिने भन्दै कम्पनीले प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु जस्तै– नयाँ रेट्रो फ्रन्ट, स्लीक रियर पुच्छ«े बत्ती, र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिनेछ ।
चालकको सुविधा र सुरक्षालाई मध्यनजर राखेर स्कुटरमा युएसबि चार्जरलाई अग्रभागको खल्तीनजिकै सजिलै भेटिने गरी राखिएको छ भने यसमा एलइडि बूट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धन तथा साइड स्ट्याण्ड संकेतकसहित नयाँ ब्याकलिट गति सूचक यन्त्र जस्ता विशेषताहरु विद्यमान छन् ।

प्रतिक्रिया दिनुहोस्