एनएमबि क्यापिटलद्वारा लगानी सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न «
Logo

एनएमबि क्यापिटलद्वारा लगानी सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न

काठमाडाैं- एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कोमोस कलेज अफ म्यनेजमेन्ट एण्ड टेक्नोलोजी, महालक्ष्मी स्थान, ललितपुरमा बिबिए संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि लगानी सम्बन्धी जनचेतना मूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

एनएमबि सरल बचत फण्ड – इ का स्कीम व्यवस्थापक प्रति लकोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्तकार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई पूँजी बजारका विभिन्नपक्ष, गति विधिहरुबारे जानकारी गराउँदै कार्यक्रम पछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।

आगामी दिनहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्