व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैनः ढकाल «
Logo

व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैनः ढकाल

फाइल तस्बिर ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् । मंगलबार (हिजो) काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कर्ताको हिसाबले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताए ।

उनले कोभिड १९, रुस-युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए । अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्