रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता «
Logo

रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता

काठमाडौं– रमेश कर्प र बोन्जोय ट्राभल प्रा.लिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवात भएको बताइएको छ ।

यस समझदारीपत्रको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ उन्नत बनाउने रहेको बताइएको छ । यो रणनीतिक साझेदारी विशेष गरी निर्वाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्