रिलायन्स फाइनान्स १५औं वर्षमा «
Logo

रिलायन्स फाइनान्स १५औं वर्षमा

काठमाडौं– रिलायन्स फाइनान्सले १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।

फाइनान्सले काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रमलाई वासिङ मेसिन हस्तान्तरण गरेको छ । यसैगरी विभिन्न शाखाले रक्तदान तथाअन्य निःशुल्क स्वास्थ्य शिविरको पनि सञ्चालन गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतप्राप्त फाइनान्सका देशभरका २२ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

फाइनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, क्युआर टेलर सेवा, एटीएम र सी–आस्वा तथा कनेक्ट आइपीएसलगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्