आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता «
Logo

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं– नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

टंगालस्थित बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्यासलेस योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ता बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।
क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुनेछ ।

दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने बताइएको छ । योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले बताए ।

यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्