सीताराम डेरीको अफरका विजेता घोषणा «
Logo

सीताराम डेरीको अफरका विजेता घोषणा

काठमाडौं– डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा.लि. ले दसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाका विजेता घोषणा भएको छ ।

मंसिर १८ गते सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्रमार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप हाइसेन्सको रेफ्रिजेरेटर प्राप्त गरेका छन् । साथै सोही लक्की ड्रमार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेता पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा हाइसेन्सको टेलिभजिन सेट रहेको छ भने तेस्रो पुरस्कारमा हाइसेन्सको वासिङ मेसिन रहेको छ ।

यसका अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा इन्डक्सन हिटर र पानी उमाल्ने भाडो प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दूधको फेसबुक पेजमा हेर्न जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्