शौर्य सिमेन्ट उद्योगको क्लिंकर भारत निर्यात «
Logo

शौर्य सिमेन्ट उद्योगको क्लिंकर भारत निर्यात

काठमाडौं– शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादनलाई भारततर्फ निर्यात सुरुवात गरेको छ । सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा निर्यातको सुरुवात गरिएको छ ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात गर्न सफल भएको कम्पनीको दावी छ ।

२०७८ माघबाट व्यावसायिक उत्पादन सुरुवात गरको उद्योगको क्षमता ३००० मेट्रिक टन रहेको बताइएको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्