सिटी एक्सप्रेसलाई अपांग कोषको सम्मान «
Logo

सिटी एक्सप्रेसलाई अपांग कोषको सम्मान

काठमाडौं– अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित भएको छ । गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई पाँच लाख रकम सहयोग गरेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्‍याउने उद्देश्यले कोषलार्ई उक्त रकम सहयोग गरेको थियो । कोषले वार्षिक १५०० अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आएको दावी गरेको छ । सिटी एक्सप्रेसले बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्