Logo

‘नयाँ स्टकको प्रक्रियाले बजारमा असर’

काठमाडौं– नेपाल स्टक एक्सचेन्जका कर्मचारीले नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र दिने तयारीले सेयर बजारमा नकारात्मक प्रभाव परेको गुनासो गरेका छन् ।

आइतबार नेप्से कर्मचारी संघले विज्ञप्ति जारी गरी नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र लिने तयारीका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा नकारात्मक प्रभाव परेको बताएको हो । संघले नेपाल धितोपत्र बोर्डको नेतृत्वले स्वार्थ समूहसँगको मिलेमतोमा इजाजतपत्र दिने कुरा आइरहेको भन्दै यस विषयमा छानबिनको माग गरेको छ ।

‘नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र दिने विषयमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भनी निरन्तर समाचार प्रकाशित हुँदै आएको छ । जसका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा समेत नकारात्मक प्रभाव परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा नेपाल सरकारबाट निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्छौं ।’

बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी गरिरहेको छ । लाइसेन्स दिन संस्दको अर्थ समितिले तिहार अगाडि निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्