नेशनल लाईफको कोशी टप्पु भ्रमण «
Logo

नेशनल लाईफको कोशी टप्पु भ्रमण

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६ सय जना भन्दाबढी वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

उनले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई गिफ्ट भौचर र अवार्ड प्रदान गरेका थिए ।

सहभागि अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशी टप्पुको भ्रमण र सप्तकोशीमा बोटिङ लगाएतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागि हुने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्