फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प «
Logo

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी- फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिबार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०ः३७ बजे गएको हो । हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो ।

भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागहरूमा महशुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सय भन्दा बढी परकम्पहरू गएको बताएको छ । ५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्