टाटा मोटर्सको म्याक्सचेञ्ज मेला «
Logo

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स संग साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको हो । मेला यहि मंसिर १५ गते १७ गतेसम्म काठमाडौं, भक्तपुरलगायत नेपाल भरी टाटा मोटर्स्का शोरुममा आयोजना गर्न लागिएको बताइएको छ । म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् । म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्नेछन् । साथै नयाँ गाडी खरिद गरी मेलाको भरपुर फाईदा उठान कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्