एसबिआई बैंकका कर्मचारीले सुरक्षा सचेतना फैलाउने «
Logo

एसबिआई बैंकका कर्मचारीले सुरक्षा सचेतना फैलाउने

काठमाडौं- ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने बताएका छन् ।

नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराए ।

सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्