Logo

सानिमा बैंकको शाखा स्याङ्जाको पुतलीबजारमा

काठमाडौं– सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सो शाखा कार्यालयको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका सञ्चालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

समारोहमा कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

बैंकका सञ्चालक पोखरेलले बैंकलाई विश्वास गरि सबल अनि विश्वसनिय बनाउन ग्राहक तथा सरोकारवालाको सहयोग निरन्तर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्