जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री «
Logo

जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री

फाइल तस्बिर ।

काठमाडौं- अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए । उनले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए ।

उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताए । अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्