शेयर बजार १७.९३ अंकले घट्यो «
Logo

शेयर बजार १७.९३ अंकले घट्यो

काठमाडौं– शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९३ अंकले घटेर एक हजार आठ सय ७६ दशमलव ६० विन्दुमा झरेको छ । आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज दुई सय ८५ वटा कम्पनीका ३३ लाख ५९ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको छ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्