अमेरिका–चीन व्यापार युद्ध शीतयुद्धको सुरुवात मात्रै «

अमेरिका–चीन व्यापार युद्ध शीतयुद्धको सुरुवात मात्रै

वासिङटन-विश्वकै दुई ठूला अर्थतन्त्रहरु दोस्रो शीतयुद्धको सुरुवाती चरणमा मात्रै रहेको स्ट्याफोर्ड युनिभर्सिटीमा हुभर इन्सटिच्यूटका वरिष्ठ फेलो नियाल फर्गुसनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका–चीन सम्बन्धलाई व्यापार युद्धबाट हुने क्षती रोक्न सक्षम नहुने अवस्थामा पुगिसकेको उनले बताए ।
वासिङटन र बेइजिङबीचको लामो अवधिको व्यापार विवाद, व्यापार विवादमा मात्रै सीमित नहुने भएकाले उनले यस्तो बताएका हुन् ।
यसको सट्टा यो बहुपक्षिय विवादको रुपमा अगाडि बढ्ने छ । यसले प्राविधि र भू–राजनीतिक मुद्धालाई पनि अगाडि बढाउने छ ।
“उनीहरु साउथ चाइना सीको विवादलाई लिएर युद्धमा होमिदैनन भन्ने विषय सु्खद समाचार हो । तर उनीहरु शीतयुद्धमा जानेछन् भन्ने मलाई लागेको छ,” उनको भनाई थियो ।
“राष्ट्रपति ट्रम्प व्यापार सम्झौता गर्नका लागि लामो समयसम्म शक्तिमा हुन्छन् भन्ने मलाई लाग्दैन । उनले हाल र आगामी वर्षको चुनावको बीचमा यसो गर्छन भन्ने मलाई लागेको छ,” फर्गुसनले बताए ।
वासिङटन र चीनले २०१८ को सुरुवातदेखि एक अर्काको अर्बौ डलरका सामग्रीमा शुल्क लगाएका छन् । यसले वित्तीय बजारमा नराम्रो क्षति पु¥याएको छ र व्यवसायीक तथा उपभोक्ता मनोबललाई बिगारेको छ ।
ट्रम्पको समस्या भनेको व्यापार युद्धलाई शीतयुद्धमा परिणत गरेपछि यसलाई फिर्ता लिनका लागि उनी सत्तामा हुने छैनन् ।
यो प्रविधिको विषयमा अगाडि बढिसकेपछि उनीसँग थोरै मात्र नियन्त्रण हुने आपूmलाई लागेको उनले बताए ।
बिहीबार दुवै पक्षले अक्टोबरको सुरुमा वासिङटनमा उच्च तहको वार्ता गर्ने विषयमा सहमती जनाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्