पुसको दोस्रो हप्ता पोखरामा सडक महोत्सव «
Logo

पुसको दोस्रो हप्ता पोखरामा सडक महोत्सव

पोखरा– रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको २५औं सडक महोत्सव २०८० यस वर्ष सडक केन्द्रित खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पुसको दोश्रो साता हुने एक्र महोत्सव यस वर्ष सडक केन्द्रित खाना र विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रमहरु प्रर्दशनी हुने आयोजकले जानकारी दिएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १२ देखि १६ गतेसम्म हुने महोत्सव यस वर्ष फरक तरिकाले सम्पन्न गर्ने गरी तयारी सुरु गरिएको रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताए । यस वर्ष रजत महोत्सवसमेत भएकाले पहिलाको भन्दा केही पृथक हुने बताउँदै उनले नयाँ पन के कसरी गरेर दिन सकिन्छ त्यसको खोजी अभियानमा रहेको बताए ।

यसपटक गण्डकी प्रदेशका जिल्लालाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै सांस्कृतिक समुह सडकमा उतार्ने उनले जनाए । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारासहित महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल हुने भएको हो । पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको पूर्वअध्यक्ष सूर्य भुजेलले बताए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिवल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्यसहितको डकुमेन्ट्री प्रदर्शन गरिने पूर्व अध्यक्ष चौबहादुर गुरुङले उल्लेख गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले यस वर्ष पाँच लाख पर्यटक महोत्सवमा भित्र्याउने दाबी गरे । यस अघिका महोत्सवमा ३ देखि ४ लाख पर्यटक भित्रिएको दाबी गर्दै उनले यस वर्ष पर्यटक बढ्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्