प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच समझदारी

काठमाडौं- प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई प्रभु क्यापिटलले सहयोग गर्ने जनाइएको छ । महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् ।
‘महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको प्रभु ऐश्वर्या योजना तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुवै संस्थाको उद्देश्यमा एकरूपता देखिएकाले यो सम्झौता गरेका हौँ’, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने ।
प्रभु क्यापिटललेमर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा उत्पादनहरु संगै गाँसेर सामाजिक उत्तर दायित्व समेत वहनगर्दै आईरहेको छ । सीएसआर अन्तर्गत पूँजी बजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्दछ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरु मध्ये पियमएस लगानी व्यवस्थापन सेवा,लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ ।
क्यापिटलको लगानी व्यवस्थापन सेवा (पियमएस)मा आवद्घ हुने ग्राहकतथा संस्थाहरुलाई विज्ञ परिचालन गरी ग्राहकको सञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारी रुपमापूँजीबजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवादिने गर्दछ । एन्ट फाउन्डेसन एक स्वैच्छिक गैर नाफामुखी संस्थाहो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष संकलन गर्दछ तथा सोकोषलाई फाउन्डेसनको उद्येश्य पूर्तिका लागि उपयोग गर्दछ ।
यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तनक्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।