एभरेष्ट बैंकद्वारा डिजिटल साक्षरताअन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो निर्माण «
Logo

एभरेष्ट बैंकद्वारा डिजिटल साक्षरताअन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो निर्माण

काठमाडौं- एभरेष्ट बैंकले डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ ।

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यले निर्माण भएका उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमवद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए ।

उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ति तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोगसम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरूवात भएको जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्