काठमाडौं–सुर्खेत उडान भर्दै श्री एयरलाइन्स «
Logo

काठमाडौं–सुर्खेत उडान भर्दै श्री एयरलाइन्स

काठमाडौं– श्री एयरलाइन्सले थप नयाँ गन्तव्यमा उडान भर्ने भएको छ । आन्तरिक उडान गर्दै आएको श्रीले आगामी मंसिर १ गतेबाट काठमाडौं–सुर्खेत नियमित उडान गर्न लागेको हो ।

आन्तरिक तयारी पूरा भएको र दैनिक बिहान ७ बजे काठमाडौं–सुर्खेत उडान हुने एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । हाल बुद्ध एयरले सो क्षेत्रमा दैनिक २ उडान भर्दै आएको छ । उनले भने, ‘गएको सातामा मात्र उडान आवश्यक प्रकृया पुरा गरेको सो क्षेत्रमा नियमित उडान भर्ने छौं ।’

८ विमान रहेको श्रीले ६ विमानमार्फत विराटनगर, धनगढी, पोखरा, नेपालगञ्ज, उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्