काठमाडौंको टेकुमा सिटिजन्स बैंकको शाखा «
Logo

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको शाखा

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडाैंको टेकुमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको १८९औं शाखा हो । योसँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३७ शाखा र वाग्मती प्रदेशमा ५१शाखा पुगेका छन् ।

बैंक संचालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । त्यसअवसरमा अध्यक्ष पाण्डेले सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने बताए । शाखाको उद्घघाटन समारोहमा बैंकका र स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो ।

यो शाखा मार्फतसबै बैंकिङ सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । सिटिजन्स बैंकका देशभरमा १८९ शाखा, १४९ एटिएम र ९७ शाखा रहित बैंकिङ ईकाई संचालनमा छन् । यसबाट १६ लाख७५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्