माछापुच्छ्रेको नयाँ प्रविधि «
Logo

माछापुच्छ्रेको नयाँ प्रविधि

काठमाडौं– डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसनप्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे पहिलो बैंक भएको छ ।

नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथैध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे यो नविनतम प्रविधि सुरु गरेको हो । बैंकका अनुसार अब माछापुच्छ्रे बैंकका फिनपोसमर्चेन्टहरुले कार्ड, क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत आउनेछ ।

यस्तै बैंक नगदरहित बैकिङलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा अगाडी बढेको छ । यो बैंकका देशभरका ७ प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम छन् । यसबाट १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्