महालक्ष्मी विकास बैंकले बँगैचा सुन्दर बनाउने «
Logo

महालक्ष्मी विकास बैंकले बँगैचा सुन्दर बनाउने

काठमाडौं– महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ५, महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिर परिसरमा रहेको स्वस्तिक बँगैचा मर्मत गर्ने भएको छ । यसका लागि महालक्ष्मीस्थान व्यवस्थापन समिति बैंक बीच समझदारी भएको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरे । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई बढाउन र मन्दिरमा आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति दिलाउने उद्देश्यले बैंकले बगैँचा मर्मत गर्न लागेको हो ।

बैंकले २०७७ सालमा बँगैचाको पुन: निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ । यस्तै बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न क्युआर कोडको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्