बैतडीको पाटनमा ग्लोबल आइएमई बैंक «
Logo

बैतडीको पाटनमा ग्लोबल आइएमई बैंक

काठमाडौं– ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ स्थित पाटनबजारमा गत आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखा सञ्चालनसँगै बैंकका शाखा संख्या ३५१ पुगेको छ । बैंकको नयाँ शाखा उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले गरेका थिए ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्