Logo

सीजी मोटर्सका तीन नयाँ शोरुम

काठमाडौं– सीजी मोटर्सले ग्राहकको सहजताका लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ ।

झापाको बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरसिप पाएर शोरुम सञ्चालनमा लिएर आएका हुन् । शोरुमका साथै ग्राहकको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा आउने इभी नेटा भी, ११ सिटर सीजी केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सीजी मोटर्सले विज्ञप्तिमा जनाएको छ ।

कम्पनीका अनुसार सीजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीमाझ लोकप्रिय रहेको कम्पनीको दावी छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधा तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकको पहिलो रोजाइको रुपमा स्थापित भएको कम्पनीको दभनाइ छ ।

१७० मि मि को ग्राउण्ड किलिरेनश भएको नेटा–भी मा ८ वर्ष अथवा १५०००० हजार किलोमिटरको वारेण्टी रहेको छ । साथै नेपालको सर्वाधिक बिक्रीहुने इे भि भ्यान सिजि केवाइसी तथा किङ्लोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्