मेरो माइक्रोफाइनान्सको “मेरो बचत मेरो कर्जा” «

मेरो माइक्रोफाइनान्सको “मेरो बचत मेरो कर्जा”

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मेरो बचत मेरो कर्जा’ सञ्चालनमा ल्याउने भएको छ । आर्थिक बर्ष २०७६-७७ को सुरुवातसंगै नया कार्यक्रमको रुपमा “बचत तथा कर्जा कार्यक्रम” अन्तर्गत संस्थामा आबद्ध हुननसकेका ग्राहकहरुलाई समुहमा आबद्ध गरि आर्थिक रुपमा आयआर्जन मार्फत सक्षम बनाउन पे्ररित गर्ने उद्देश्यले संचालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले बताउ । ग्राहकले खोलेको खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने भन्दै संस्थाले आफना शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा पुरुष परिवारहरुको वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको जनाएको छ । लघुवित्तको परम्परागत ढाचा अनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकहरुको लागी संचालनमा ल्याएको हो । सो कार्यक्रमको प्रमोसनको लागी २ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्