घर बनाउने सोच भएकालाई शिवमको सन्देश

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगीखबर छ । एउटा आफ्नै घर होस्भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि। बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ ।
हाम्रो सपनाको घर निर्माण गर्ने क्रममादुखले कमाएको सम्पत्ति बालुवामा पानीहाले सरि व्यर्थमाखर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले एनएस क्वालिटी अवार्डबाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’लिएर आएको छ । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुगरहिरहनेटिक्ने घर निर्माणका लागि जनचेतना मुलक सन्देशहरुको संग्रहहो ।
यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ । घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझाव देखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्नमौसममा घर बनाउँदा के कस्ता कुरामाविचार पुर्याउर्ने ? जस्ता थुप्रै अतिउपयोगीजानकारीहरु समेटिएको ‘शिवम् सन्देश’ “भरोसा अटुट सम्बन्धको’’ भन्ने शिवम् सिमेन्टको नारालाइअझै उचाइमा पुर्याएकाे छ ।
भुकम्प र बाढी–पहिरा जस्ता प्राकृतिकप्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमादिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममानिकै उपयोगी हुन सक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ‘शिवम् सन्देश’मा समेटिएको छ ।
सन् २००३ मामध्य नेपालको हेटौँडामा स्थापितशिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादनगर्दै आएको छ । निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ‘शिवम् सन्देश’उपभोक्ताप्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।