युवा उद्यमी केडिया सम्मानित

काठमाडौं– युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा उद्योगी केडिया सम्मानित भएका हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाललगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
डिएभी प्लस टु कलेजका निर्देशक सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका थिए । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिवलाई पनि सम्मान गरिएको थियो ।