पुल बगाउँदा यात्रुलाई समस्या «

पुल बगाउँदा यात्रुलाई समस्या

रामेछाप-शुक्रबार रातिको बाढीले रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल बगाएको छ । विगत केही महिना देखिनै जोखिम अवस्थामा रहेको लिखु नदीमा रहेको गाईघाट झोलुङ्गे पुल बाढीले बगाएपछि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ र रामेछापको उमाकुण्ड गाउँपालिका–७ का स्थानीयहरु समस्यामा परेका छन् ।
बाढीले पुल बगाउँदा आवत जावत गर्ने सर्वसाधारणले दुई घण्टाको बाटो पैदल हिडेर बिमिरे पुलसम्म पुग्नुपर्ने बाध्यता परेको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणी नेवारले बताए ।
बाढीले पुल बगाएपछि दैनिक रुपमा झोलुङ्गे पुल तरेर यात्रा गर्ने करिब एक सय सर्वसाधारणलई समस्या परेको वडाध्यक्ष नेवारले बताए । वर्षाको समय भएकाले तत्काल समस्याको समधान नभए पनि गाउँपालिकाले प्राविधिकहरुसँग समन्वय गरेर पुल बनाइने वडाध्यक्ष नेवारले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्