चट्याङ लागेर २२ सैनिक घाइते, पाँच को अवस्था गम्भिर «

चट्याङ लागेर २२ सैनिक घाइते, पाँच को अवस्था गम्भिर

बैतडी –चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले बताए । बाँनियाका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले बताए ।
बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका छन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ । गम्भीर घाईते पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी भईरहेको छ ।
नरी बडु

प्रतिक्रिया दिनुहोस्