११ देशका खेलाडी माउन्टेन बाइक रेस सहभागी «
Logo

११ देशका खेलाडी माउन्टेन बाइक रेस सहभागी

पोखरा– पोखरामा बिहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दीनसम्म चल्ने प्रतियोगितामा ११ देशका साइक्लिस्ट सहभागी भएका छन् ।

पोखरा १३ को आर्बा–बिजय डाँडामा सुरु भएको प्रतियोगितामा ११ देशका पाँच महिलासहित ५५ जना प्रतियोगी प्रतिष्प्रर्धामा रहेको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुने छ ।

इलिट पुरुषतर्फको विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ भने महिलातर्फ सोही इभेण्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेश्रो स्थान हासिल गर्ने प्रतियोगितालाई भने १५ हजार प्रदान गरिने भएको छ । खेलकुद र पर्यटनलाई टेवा पुर्‍याउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताए ।

सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने गुरुङको भनाइ छ । आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिने उनले जनाए । प्रतियोगिता अन्र्तगत बिहीबार र शुक्रबार अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिताको फाइनल चरण हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाईमा रहेको आर्वा–बिजय डाँडामा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्