औद्योगिक महोत्सव उद्घाटन गर्न तीन मन्त्री जुम्लामा «

औद्योगिक महोत्सव उद्घाटन गर्न तीन मन्त्री जुम्लामा

कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । कर्णाली सरकारको मन्त्रीमण्डलका सदस्यहरू नै जुम्ला पुगेर महोत्सव उद्घाटन गरेका छन् । जुम्लामा दोस्रो पटक आयोजन गरी १० दिने औद्योगिक व्यापार महोत्सव कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका छन् ।
भने साथमा कानुन मन्त्री नरेश भण्डारी र पर्यटन मन्त्री नन्दसिंह बुढाले पनि महोत्सवको पानसमा बत्ति बाली महोत्सवको उद्घाटन गरेका हुन् । जुम्ला महोत्सवको उद्घाटन गर्न कर्णालीको मन्त्रीमण्डल संगै देशका उद्योगी व्यापारी लगायत विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहेको उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अििल मनिहारले बताए । उनका अनुसार कर्णालीकै पहिलो मुख्यमन्त्री, मन्त्री देखि विशिष्ट व्यक्ति आएको महोत्सव हो ।
उद्योेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघ ५ प्रदेशका अध्यक्ष गुणनीधि तिवारी, कर्णाली प्रदेशका लेखा समिति सभापति दिबन्दु श्रेष्ठ, प्रमुख प्रतिपक्ष सांसद जीवन बहादुर शाही, नेपालगन्ज, सुर्खेत, दैलेख, कपिलबस्तु, कालिकोट, मुगु उद्योग बाणिज्य महासंघका अध्यक्षहरूको सहभागिता रहेको थियो । जुम्लाको औद्योगिक व्यापार महोत्सवलाई आर्थिक समृद्धी संग जोड्न तथा अर्गानिक उत्पादनको प्रर्बद्धन बजारीकरणका लागि जुम्ला पुगेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए ।
उनले महोत्सव आर्थिक समृद्धिको एक आधार भएको उल्लेख गरे । भने, प्रचार प्रशारकै अभावले जुम्लाको अर्गानिक उत्पादनले बजार नपाएको भन्दै व्यापार महोत्सवले बजारीकरणमा ईटा थप्ने समेत बताए ।
जिल्लाको समुचित विकास र यहाँका सम्भावानाहरूको प्रचारप्रसार गरी आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकारका मन्त्री देखि प्रतिपक्षको चासो जुम्लामा रहेको समेत मुख्यमन्त्री शाहीले बताए त्यसका साथै, कानुन मन्त्री नरेश भण्डारीले अब जुम्लाबाट निर्यात मात्रै हुने दाबी गरे । कर्णालीकै मन्त्रीहरूको ओईरो जुम्लामा लाग्नु, समृद्धिको संकेत भएको उल्लेख गरे । सबै मन्त्रीको चासो जुम्लामा रहेको छ । भने, पर्यटन मन्त्री नन्दसिंह बुुढाले पर्यटकिय शहर जुम्लालाई एग्रो टुरिजमको विकास गर्न कृषि क्षेत्रको महत्वपुर्ण भुुमिका रहने बताए । प्रचार प्रशारकै अभावले गर्दा अर्गानिक उत्पादन बजारमा नगएको भन्दै महोत्सवले बजार प्रर्बद्धन देखि आर्थिक समृद्धीमा समेत टेवा पुराउने उनको विश्वास छ ।
महोत्सव व्यवस्थापनमा झण्डै १ करोड अनुमानित लागत लाग्ने उद्योग बाणिज्य महासंघ जुम्लाका उपाध्यक्ष पुरीचन्द्र देवकोटाले बताए । उनका अनुसार बिहिबार सुरुको दिन मेला आउदो १० गते सम्म संचालन हुने छ ।

महोत्वसमा सय बढी स्टल
कर्णालीकै लामो र ठुलो प्रादेशिक महोत्सवमा झण्डै १ सय बढी स्टलहरू राखिएका छन्, भने स्टल अवलोकन गर्नेहरूको निकै भिड लागेको छ । बिहिबार पहिलो दिनमात्र झण्डै ५ हजार बढिले मेला अवलोकन गरेका छन् । राखिएका स्टलहरूमा अधिकांश स्टलहरू जुम्लामामै पाईने अर्गानिक वस्तुमा आधारीत छन् । भने यामहा, पल्सर बाईक, टयाक्टरहरूको पनि स्टल राखिएको छ ।
भने, अर्गानिक बस्तुमा आधारित स्टलहरूमा अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत गरी सय बढि अर्गानिक परिकारका स्टलहरू निर्माण गरीएका छन् । यस बाट अर्गानिक बालीको प्रचारप्रशारका साथै आर्थिक आम्दानीको स्रोत बढ्नेछ । त्यस्तै जुम्लामा पाईने लोपउन्मुख राडिपाखि र उनिका कपडा बिक्रि, जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो प्रर्दशन गरीएका छन । ७ हजारदेखि २० हजार सम्मका स्टलहरू अग्रिम बुकिङ भएका थिए ।
आठवटै स्थानीय तह सहभागी
जुम्लाका आठै स्थानीय तहले दोस्रो व्यापारी महोत्सवमा सहआयोजनकको भुमिका निर्वाह गरेका छन् । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार अर्गानिक बस्तुको बजारीकरण र प्रर्बद्धनका लागि महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए । भने, मन्त्रीको ओईरो लाग्दैमा कृषि क्षेत्रले मुहार नफेर्ने व्यंगे गदै कृषिमा आबश्यक लगानीका लागि कर्णाली सरकारको ध्यानकर्षण गराएका थिए ।
एक नगरपालिका देखि सात गाउँपालिकाले महोत्सव सफल पार्न आबश्यक सहयोग गर्ने समेत बताए । भने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महोत्सव अवधिभर सुरक्षा व्यवस्था मजबुद पारिएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्