एलजीका नयाँ एआई टिभीमा एलेक्सा र इयरप्ले फिचर «

एलजीका नयाँ एआई टिभीमा एलेक्सा र इयरप्ले फिचर

एलजीको एआई टेलिजिभन सिरिजका तीन नयाँ मोडेल सार्वजनिक गरिएको छ । यसअघि बजारमा रहेको एलजी एआई थिनक्युको २०१९ भर्सनका टेलिभिजनले अमेजनको एलेक्सा एसिस्टेन्ट र एप्पलको इयरप्ले सपोर्ट गर्दछ ।
गुगलको गुगल एसिस्टेन्ट फिचर भने यसअघिको थिनक्यु एआई टेलिजिभन सिरिजदेखि नै उपलब्ध छन् । एआई फिचर भ्याइस कमान्ड अर्थात् बोलेरै आफूलाई टेलिजिभनमा हेर्न मन लागेका कार्यक्रम चलाउन सकिने फिचर हो । एप्पलको इयरप्ले फिचरको प्रयोगबाट आफ्नो आईफोनलाई सिधैं टेलिभिजनसँग जोडेर आइफोनका कन्टेन्ट टेलिजिभनमा हेर्न सकिन्छ भने एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो मोबाइलमा युट्युव वा अन्य गुगलका प्रोग्राम खोलेर सिधै टेलिजिभनमा प्ले गर्न सकिन्छ ।
नेपालमा सार्वजनिक गरिएका एलजी ओएलइडी (सी ९) मोडेलका टेलिभिजन ६५ इन्चमा उपलब्ध छ भने नानोसेल (एसएम ८१००) मोडेल ५५ र ६५ इच्चको आकारमा उपलब्ध छन् । युएचडी (युएम ७३००) मोडेलका एआई टेलिजिभनहरु ४३, ४९, ५५ र ६५ इन्चमा उपलब्ध रहेको एलजी नेपालले जनाएको छ । नयाँ टेलिजिभनहरु ४.३३ मिलिमिटर मात्र बाक्लो छन् । ओएलइडी टेलिभिजनमा फोरके एक्टिभ एचडीआर फिचरले चित्रको गुणस्तर बढाउन फलदायी देखिन्छ भने अल्फा ९ जेन २ प्रोसेसरले टेलिभिजनको गुणस्तर थप बढाएको छ ।
नानोसेल टेक्नोलोजी जडित टेलिभिजन फिचरको सहायताले जुन कुनाबाट टेलिभिजन हेर्दा पनि टेलिभिजन हेर्नुको आनन्द कायम राखिराख्छ । एलजीको युएचडी टेलिभिजनको विशेषता भनेको यसमा जडित आईपीएस फोरके डिस्प्ले हो । जिवन्त दृष्य हेर्न सकिने यो टेलिजिभनको आकार र बनावट पनि उत्कृष्ट छ । टेलिभिजनको साथमा होम किटहरु समेत उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्