टेक कम्पनी र संघीय जाँच ब्युरोबीच निर्वाचनबारे छलफल «

टेक कम्पनी र संघीय जाँच ब्युरोबीच निर्वाचनबारे छलफल

अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई), गृह मन्त्रालय र राष्ट्रिय सुरक्षाका निर्देशका र अमेरिकाका ठूला टेक कम्पनी फेसबुक, गुगल, ट्विटर र माइक्रोसफ्टका पदाधिकारीहरूबीच आगामी २०२० को निर्वाचनलाई सुरक्षित गर्ने विषयमा छलफल भएको छ ।
उनीहरूको यो भेटघाट फेसबुकको मेन्लो पार्कस्थित प्रधान कार्यालयमा भएको हो । बिग टेक एन्ड बिग ब्रदरले विगतका निर्वाचनमा भएको गडबडीबाट यो वर्षको चुनावलाई सुरक्षित पार्न यो अभियान सञ्चालन गर्न खोजेका हुन् ।
सन् २०१६को निर्वाचनमा रसियनहरूले ट्रम्पलाई जिताएको आरोपमा फेसबुक पनि आरोपित भएको थियो । गत साता फेसबुकले नयाँ र कठोर कानुन उपभोक्ताहरूका लागि ल्याउन लागेको जनाएको थियो । राजनीतिक विज्ञापन खरिद गर्नेहरूको पहिचान गर्ने कानुन बनाउन लागेको हो । सहभागी सबै कम्पनीले यसमा सहयोग गर्ने सहमति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्