एनआरएनए युगान्डाको रक्तदान कार्यक्रम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले राजधानी कम्पालामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अमेरिकाका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अभियन्ता मैनालीले हालसम्म १६१ पटक रक्तदान गरिसकेका छन् । युगान्डाको रक्तदान कार्यक्रममा मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर कसैको जीवनका लागि रगत संकलन अभियान सञ्चालन गर्नु नेपाली र विदेशमा रहेका नेपालीका लागि गर्वको विषय भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानवीय कार्यको लागि आभार व्यक्त गरेका थिए । सो अवसरमा एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारी, पूर्वअध्यक्ष रमेश कँडेल, उपाध्यक्ष विनोद थापा, महासचिव रमेश शर्मा, सचिव गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रवक्ता कमल भट्टलगायतको उपस्थिती रहेको थियो । सो अवसरमा भारतीय, पाकिस्तानी, अरबेयिन र स्थानीय युगान्डालीले रगत दान गरेका थिए ।