हमासको नियन्त्रणमा रहेका सबै सम्पर्कविहीन
बन्दक बनाएका विपिनको अवस्था अझै अज्ञात
काठमाडौं– इजरायलमा युद्ध बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशी हमासको नियन्त्रणमा भएपनि सम्पर्कमा भने अझै नआएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासले लामो समयदेखि बन्दक रहेका नेपाली नागरिक जोशी कहाँ रहेको भन्ने जानकारी प्राप्त नभएको जनाए पनि दुई हप्ताअघि इजरायल सरकारले एक नेपालीसहित १२१ विदेशी हमासले बन्दक बनाएको पुष्टी गरेको थियो । इजरायलस्थित नेपाली दूतावासले हमासले बन्दक बनाएका जोशीको पछिल्लो अवस्था यकिन नभएको जनाएको छ ।
सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै जोशी हालसम्म पनि सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । हालै सामाजिक सञ्जालमा सार्वजानिक गरिएको एक भिडियो फुटेजमा नेपाली र थाइ नागरिकलाई गाजाको एक अस्पतालमा उपचारका लागि लगिएको जनाउँदै सेयर गरिए पनि ती नेपाली नै हुन भन्नेबारे पुष्टी भने भएको छैन ।
हमासले २८ देशका १२१ विदेशी नियन्त्रणमा लिएको इजरायल सरकारले अक्टुबर ३० मा सार्वजानिक गरेको रिपोर्टमा उल्लेख छ । जसमा थाइल्याण्ड २४, अर्जेन्टिना २१, जर्मन १८, यूएसए १०, फान्स र रसिया ७/७, हंगेरी ४, पोल्याण्ड, पोर्चुगल ३/३, चीन, फिलिपिन्स रोमानिया, तान्जेनिया र युके २/२ रहेका छन् । यसैगरी अष्ट्रिया, ब्राजिल, क्यान्डा, डेनमार्क, आयरल्याण्ड, लुथिनिया, मेक्सिको, नेपाल, नेदरल्याण्ड, सर्विया, दक्षिण अफ्रिका र श्रीलंकाका १/१ जना रहेका छन् ।
यस सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले भने स्वतन्त्र रुपमा पुष्टी भने गरेको छैन । बन्दक बनाइएका नेपाली नागरिकलाई कहाँ राखिएको छ भन्नेबारे उल्लेख गरिएको छैन । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका नेपाली जोशी हमासको नियन्त्रणमा रहेको भने पुष्टि भएपनि कहाँ छन् भन्नेबारे दूतावासले खोजी गरिएको छ ।
जोशी विगत ४६ दिनदेखि बेपत्ता रहेका छन् । स्टेट अफ् इजरायल नाम सरकारी सूचनामा जोशीसहित २८ देशका विदेशी हमासको नियन्त्रणमा रहेका पुष्टि दुई हप्ताअघि नै गरेको थियो । अक्टुबर ७ मा हमासले बन्दक बनाएका एक नेपालीसहित अन्य विदेशी बन्दक रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले सञ्चार माध्यमलाई बताएका थिए ।
नेपाली नागरिक जोशीसहित बन्धक बनाइएका दुई अमेरिकी नागरिक र दुई इजरायली नागरिकलाई हमासले मुक्त गरेको छ । इजरायल सरकारले बन्धक बनाइका विदेशीसहित इजरायली नागरिकलाई नि:शर्त रिहाइ गर्न अनुरोध गरेको छ । अझै पनि इजरायलका १७८ सेना तथा नागरिक हमासको नियन्त्रणमा रहेका छन् ।
यसअघि नेपाल सरकारले जोशीलाई मुक्त गराउन अन्तर्राष्ट्रिय समुदायसहित कतार सरकारसँग समेत अनुरोध गरेको थियो । पछिल्लो समय इजरायलले गाजाका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाए पनि बन्दक बनाइएका नेपालीसहित अन्य नागरिक फेला पार्न सकेको छैन । पछिल्लो पटक हमासले इजरायललाई युद्धविराम गर्ने शर्तमा नियन्त्रणमा रहेकामध्ये ७५ बन्दकलाई मुक्त गर्ने घोषण गरेको छ ।