पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो चाट्र्ड उडान «
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो चाट्र्ड उडान

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा तेस्रो पटक मात्रै चाट्र्ड फ्लाइट भएको छ । चीन सरकारको ऋणमा करिब २२ अर्ब रुपैयाँको लागतमा गत पुष १७ देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि हालसम्म नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनामा चाइनाबाट खेलकुदको माध्यमबाट एउटा चार्टड फ्लाईट भए पनि हाल उक्त विमानस्थल सञ्चालनको करिब ११ महिनामा अर्को खेलको माध्यमले चीनबाटै चाट्र्ड फ्लाईट हुने भएको हो । नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ मा ७२ जना चिनियाँ पर्यटकलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ११ महिना वितिसक्दासम्म पनि व्यावसायिक रुपमा अझै अन्तर्राष्ट्रिय सिधा हवाई उडान हुन नसकेको अबस्थामा हालसम्म चाइनाबाट दोश्रो र भुटानबाट एउटा गरी तीन वटा मात्र चार्टड फ्लाइट भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सूरु भएको चार्टड उडान तेस्रो पटक समेत खेलका लागि पुनः चार्टड फ्लाइट हुने भएको हो ।

यही मंसिर ७ मा दिउँसो हिमालयन एयरबाट ७४ जना खेलाडीसहितको १०४ जनाको टिम चाइनाको कुनमिङ सहरबाट सिधैं पोखरा विमानस्थलमा अवतरण गर्ने भएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । मंसिर ९ मा पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्रि प्रतियोगितामा ११ जना विशिष्ठ पाहुना, १९ जना प्राविधिकसहित खेलाडीहरू चार्टडमार्फत पोखरा आउने भएको उनले जनाए ।

बिहीबार दिउसो ३ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टड फ्लाईटमार्फत चाइनाबाट हिमालयन एयरलेको विमान पोखरामा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता एशोदा सुवेदीले बताइन् । खेलाडीसहितको टिम लियर आउने उक्त विमान पोखराबाट काठमाडौं अवतरण गर्ने भएको उनले जनाइन् ।

त्यस्तै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर टुक एयरले गत भदौ २३ गते पोखरामा दोस्रो चार्टड उडान गरेको थियो । उक्त विमानले पोखराबाट ४२ जना विदेशी पर्यटकलाई लियर भुटानको थिप्पु प्रस्थान गरेको थियो । त्यसैगरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरूको लागि चिनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २२ गते एकै दिन दुई विमानले चार्टड फ्लाईट गरेका थिए ।

चिनले नेपाललाई करिब २८ करोडभन्दा बढीको राहत प्रदान गरेको थियो । पोखरामा चार्टडभन्दा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरूले माग गरेका छन् । पोखरामा चार्टडभन्दा अब नियमित रुपमा सिधा हवाई उडान गर्न पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्