Logo

बीमालेख बक्यौतामा छुट

काठमाडौं– मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान सञ्चालनमा ल्याएको छ । अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखमा लिइने विलम्ब शुल्कमा छुट दिनेछ ।

अभियानअन्तर्गत मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखमा लागू हुने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने कम्पनीले जनाएको छ । हालै प्रचलनमा ल्याइएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख ग्राहकका लागि यो अभियान लागु नहुने बताइएको छ ।

मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्