यूएईको कम्पनीले नेपालमा निःशुल्क प्राथमिक उपचार तालिम दिने «

यूएईको कम्पनीले नेपालमा निःशुल्क प्राथमिक उपचार तालिम दिने

यूएई । यूएईमा सञ्चालित डिस्कभरी रोयल स्पोर्टस् (एलएलसी)ले नेपालका विभिन्न जिल्लामा निःशुल्क प्रथामिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । एलएलसीले हालै बरदुबईमा पत्रकार सम्मेलन गरी तालिम सञ्चालन गर्ने जानकारी दिएको हो ।
विदेशमा सिकेको सीप र क्षमतालाई देशमा लगानी गर्ने उद्देश्यका साथ यूएईमा व्यवसाय गरिरहेका व्यवसायी ओम उप्रेती निःशुल्क प्राथमिक उपचार तालिम लिएर नेपालका विभिन्न सात जिल्लामा जाने भएका हुन् । उप्रेतीले देशप्रतिको दायित्व र योगदान गर्ने योजना बनाएको बताउँदै उनले यो अभियानलाई दुई वर्षभित्रमा देशभर लगिने बताए । उप्रेतीले उक्त पत्रकार सम्मेलनमा हृदयाघातको प्राथमिक उपचारको डेमो प्रस्तुत गरेका थिए ।
तालिम कार्यक्रमअनुसार एक दिवसीय तालिम बिहान १० देखि ५ बजेसम्म प्रतिजिल्ला बढीमा १०० जना रहने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्