Logo

नेपाल एसबिआई मर्चेन्टको साधारणसभा, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं- नेपाल एसबिआई मर्चेन्ट बैंकिङका शेयरधनीको आठौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाल एसबिआई बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यस कम्पनीको सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ । उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्