चितवन पटिहानीमा ८५ करोड लगानीको रिभर ब्यांक जंगल रिसोर्ट «

चितवन पटिहानीमा ८५ करोड लगानीको रिभर ब्यांक जंगल रिसोर्ट

काठमाडौं- चितवनको पटिहानीमा ८५ करोड रुपैयाँ लगानीमा रिभर ब्यांक जंगल रिसोर्ट निर्माण भएको छ । भरतपुर महानगरपालिका वडा २२ मा निर्माण भएको रिसोर्ट ५ विघा क्षेत्रफलमा फैलिएको छ भरतपुरबाट १८ किलोमिटर टाढा रहेको रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको किनारमा छ ।

आन्तरिक र बाह्य पर्यटनलाई लक्षित गरेर रिसोर्ट बनाइएको सञ्चालक दीपेन्द्र जोशीले बताए । उनले भने, ‘विगत ४ वर्षबाट निर्माण थालिएको रिसोर्ट आगामी जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गरिने छ । १६ वर्षदेखिको हस्पिटालिटी अनुभवलाई निरन्तरता दिन हाइ इन लक्जरी रिसोर्टका रुपमा यसलाई निर्माण गरिएको हो । चितवनको पर्यटकीय केन्द्र पटिहानी क्षेत्रलाई पर्यटन उद्योगसँग जोड्न र निकुञ्जको अवलोकन गराउने गरी रिसोर्ट निर्माण गरेको सञ्चालक जोशीले बताए ।

विगतमा जगतपुरको टाइगरल्याण्ड रिसोर्ट सञ्चालन गरेका जोशीले अहिले पटिहानी क्षेत्रबाट निकुञ्जको अवलोकन गरी मनोरञ्जन लिन रिसोर्ट तयार गरेको जानकारी दिए । रिसोर्टमा ४६ कोठा छन् । रिसोर्टमा २ वटा स्वीट, २४ वटा प्रिमियम र ८ वटा नर्मल कोठा छन् । त्यस्तै अन्य १० वटा स्ट्याण्डर्ड कोठा तयार गरिएका छन् ।

यहाँ रहेका २ वटा सुविधा सम्पन्न हलमा १ सय बढीले सेवा लिन सक्ने छन् । एउटा रेष्टुरेन्ट, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा र गार्डेनको पनि सुविधा छ’रिसोर्टमा ७० जनाले रोजगारी प्राप्त गर्ने छन्,’ सञ्चालक जोशीले भने’रिसोर्टको भिल्लाको बाहिरी आकृति र आन्तरिक साजसज्जा थारु संस्कृति र परम्परालाई आधुनिकीकरण गरेर निर्माण भएको छ ।’ स्थानीय शैली, जंगल र नदी किनारमा भएको रिसोर्टमा ३४ वटा कोठा राप्ती नदीनिकुञ्जतर्फको अवलोकन गर्ने गरी निर्माण भएका छन् ।

रिसोर्टका सबैजसो भिल्लाबाट राप्ती नदी र निकुञ्जको दृश्य देख्न सकिन्छ असाधारण आतिथ्य, विश्व- स्तरीय सुविधा र अतुलनीय प्राकृतिक सौन्दर्यले अतिथिलाई विलासी र अविस्मरणीय अनुभव प्राप्त हुने गरी रिसोर्ट तयार भएको जोशीले बताए । उनले भने, विश्व प्रसिद्ध गन्तव्य बन्न र वातावरण दिगोपन मार्फत पर्यटन उद्योगमा उत्कृष्टताको विरासत कायम राख्न रिसोर्ट सफल हुनेछ ।

रिसोर्ट व्यवस्थापनमा चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेन
रिसोर्ट व्यवस्थापनको जिम्मा चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेनले गर्ने गरी नोभेम्बरमा सम्झौता गरिएको छ । आगामी ३० वर्षका लागि विन्डमसँग व्यवस्थापन सम्झौता गरिएको सञ्चालक जोशीले बताए ।

उनले भने, ‘यसका विश्वभर ९ हजार ५ सय आउटलेट छन् । विश्वमा नम्बर १ व्यवस्थापन ब्रान्ड हो यो,जोशीले भने, ‘रिभर भ्यू रिसोर्ट भएको र अमेरिकन व्यवस्थापक ब्रान्ड भएकाले विश्वका पर्यटक र विशेष गरी यूरोपियन, अमेरिकन पर्यटकको रोजाइमा पर्ने छ विश्वको हस्पिटालिटी क्षेत्रमा नम्बर वान चेन ब्रान्ड भएकाले यसले चितवनको पर्यटन उद्योगको विकासमा सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ ।

‘पछिल्लो समय बाह्य पर्यटकका लागि राष्ट्रिय निकुञ्जको किनारमा राखेर सेवा प्रदान गर्न सकिने भएसँगै पटिहानी रोजाइमा परेको छ,’ जोशीले भने’पर्यावरण पर्यटन, ढुंगा, जंगल सफारी, थारु भिलेज टुर, थारु कल्चर डान्स र चितवन निकुञ्जको वातावरणले आकर्षण थपेको छ ।’

प्रतिक्रिया दिनुहोस्