साँगुरीगढीमा माटो परीक्षण सेवा «

साँगुरीगढीमा माटो परीक्षण सेवा

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिकाका किसानको आयआर्जनमा सहयोग गर्नका लागि जिल्लामै पहिलो पटक माटो परीक्षण सेवा सुरु गरिएको छ । गाउँपालिको खेती हुने विभिन्न क्षेत्रमा बालीका लागि माटो उपयुक्त छ कि छैन भनेर किसानको खेतबारीको माटो परीक्षण सुरु गरेको हो ।

गाउँपालिकाले ल्याब स्थापना गरी निःशुल्क माटो परीक्षण सुरु गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । माटो परीक्षणबाट किसानले कुन बाली लगाउन उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी पाउने र त्यसले किसानको व्यावसायिक उत्पादन बढाउन सहयोग पुग्ने र यसले किसानको आर्थिक अवस्थालाई माथि उकास्न सहयोग गर्ने अध्यक्ष राईको भनाइ थियो ।

पर्यटकीय क्षेत्रसमेत रहेको यस गाउँपालिकामा आर्गनिक खेतीलाई समेत प्रोत्साहन गरिएकोले माटोको अवस्था बुझनु आवश्यक भएको राईको भनाइ थियो । माटो परीक्षणको क्रममा माटोको अमिलियपन, छारेपन, प्राङगारिक अवस्था, नाइट्रोजन, पोटास, फसफोरसको अवस्था पत्ता लगाई माटोलाई सुधार गर्न सिफारिस गर्ने गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजिव पाख्रिनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्