सूर्यज्योति लाइफको नयाँ योजना

काठमाडौं– सूर्यज्योति लाइफले ‘सूर्यज्योति सहि प्लान’ योजना सार्वजनिक गरेको छ । बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रुपमा सो नयाँ योजनाको उद्घाटन गरेका हुन् ।
प्राधिकरणका अध्यक्ष सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न विशेषतासहितको योजना ल्याएको भन्दै धन्यवाद दिए । उनले परम्परागत पोलिसी भन्दा सूर्य ज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा विस्वस्त रहेको बताए ।
यो योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने र ७० वर्ष पुगे पश्चात तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने कम्पनीको दावी छ । आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषताका साथै ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने कम्पनीको भनाइ छ ।
हाल कम्पनीको चालु पुँजी ४५४ करोड, लगानी ३४०० करोड र जीवन बीमा कोष २९५० करोड रहेको कम्पनीको भनाइ छ । यसैगरी नेटवर्थ ६२२ करोड र जारी बीमालेख संख्या २२ लाख रहेको बताइएको छ ।