भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सको सहयोग «

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सको सहयोग

काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बरबहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दलबहादुर धर्तिलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुमबहादुर पुनलाई ३०० थान गरी कुल ७०० कम्बल हस्तान्तरण गरेका छन् ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भूकम्पबाट पिडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको जनाएको छ । भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पीडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको बताए । निकट भविष्यमा कम्पनीलले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्