दक्षिण कोरियाको अटो निर्यातमा वृद्धि

अघिल्लो वर्षको तुलनामा यो वर्षको जनवरीमा दक्षिण कोरियाको अटो निर्यातमा १०.४ प्रतिशतले वृद्धि भएको छ । एसयूभी र वातावरणमैत्री कारको बिक्रीमा भएको वृद्धिका कारण समग्र निर्यात उकालो लागेको सरकारी तथ्यांकले देखाएको छ ।
यो वर्षको पहिलो महिनामा ३.२४ अर्ब डलरको कुल १ लाख ९६ हजार ८ सय ३५ सवारी निर्यात गरिएको थियो । यो अघिल्लो वर्षको १ लाख ७८ हवार ३ सय ७१ थानको तुलनामा बढी भएको व्यापार मन्त्रालयले संकलन गरेको तथ्यांकले देखाएको छ ।
“उत्तर अमेरिका र एसियाबाहेकका अन्य बजारमा कम्प्याक्ट एसयूभी र वातावरणमैत्री कारको लोकप्रियतामा लगातार वृद्धि भएको छ,” मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय रूपमा निर्माण गरिएका सवारी विदेशमा बढी लोकप्रिय भएकाले विद्युतीय सवारी तीव्र वृद्धिको वृत्तमा परेका छन् । विदेशमा गरिएको विद्युतीय सवारीको निर्यातमा गत महिना ३५.७ प्रतिशतले वृद्धि भएको छ ।
विश्वकै ठूलो बजार अमेरिकामा दक्षिण कोरिया निर्मित सवारीको बिक्री ५०.१ प्रतिशतले ओरालो लागेको छ । विश्वव्यापी ब्रान्डबाट आएको चर्को प्रतिस्पर्धाका कारण अमेरिकी बिक्रीमा ओरालो लागेको हो । यसैबीच युरोपेली संघ र मध्यपूर्वमा भएको निर्यातमा क्रमशः २७ र ५२ प्रतिशतले वृद्धि भएको छ ।