संखुवासभामा पनि डेंगु संक्रमण «

संखुवासभामा पनि डेंगु संक्रमण

संखुवासभामा पनि डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । भाइरल ज्वरोका कारण सयांैको संख्यामा बिरामीहरु जिल्ला अस्पताल आउन थालेपछि परीक्षणको क्रममा ५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।
जिल्ला अस्पताल खाँदबारीमा २ जना, गोपाल भगत मेमोरियल अस्पतालमा १, मनकामना अस्पताल तुम्लीङटारमा २ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । संक्रमितमध्ये दुई जना तराईका विभिन्न जिल्लामा गइरहने र उतैबाट संक्रमित भएर आएको आशंका गरिएको अवस्थामा बाहिर जिल्ला नगएका दुई जनामा समेत डेंगुको संक्रमण भेटिएपछि भने जिल्लाबासीमा थप सन्त्रास फैलिएको छ ।
बिरामीमध्ये २ जनालाई जिल्लामै उपचारपछि घरमा आराम गर्नेगरी डिस्चार्ज गरिएको छ भने अन्य दुई जनालाई थप उपचारका लागि सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्